Close This

कोरोना सङ्क्रमणबाट एकै दिन ५ जनाको ज्यान गयो 

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
Paschim Today

काठमाडौँ,२६ साउन । कोरोना भाइरसको सङ्क्रमणका कारण एकै दिन पाँच जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण पाँच जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । केही समय मृत्यु हुने क्रम रोकिए पनि पछिल्लो समय बढिरहेको छ ।

कोरोनाका कारण अहिलेसम्म नेपालमा ११ हजार नौ सय ८२ जनाको ज्यान गइसकेको छ ।यस्तै थप आठ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ३४ जनाको नमुना परीक्षण गर्दा आठ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यही अवधिमा चार सय ७६ जना सङ्क्रमित निको भएका छन् । यस्तै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर पाँच हजार आठ सय ६९ जना पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ३१ हजार सात सय ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

No photo description available.