Close This

संगम बचत तथा सहकारी संस्थाको दशौँ  साधारण सभा सम्पन्न

शुक्रबार भदौ ३, २०७९/ Friday 08-19-22
Paschim Today

धनगढी,३ भदौ । संगम बचत तथा ऋण  सहकारी संस्था धनगढीको दशौँ  साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच धनगढीमा सम्पन्न भएको हो । 

सहकारी संस्था धनगढीका अध्यक्ष नरेश बहादुर विष्टका उनका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको कुल सेयर पुजी २ करोड ५४ लाख ७१ हजार ८ सय रहेकोमा आर्थिक वर्ष २०७८र७९ मा २६ करोड ६९ लाख ८२ हजार  रुपैयाँ पुगेको बताए ।

उनले कर्मचारीको  क्षमता अभिवृद्धिका लागि तालिम,उत्प्रेरणा सम्बन्धी तालिम गरी संस्थाका कर्मचारीले समेत तालिम लिएको जनाएको छ । यस्तै संस्थाले पटक पटक रक्तदान कार्यक्रम, असायहरुको लागि राहतका लागि प्याकेज  सामुदायिक विकासका लागि संस्थाले आफ्नो क्षमता अनुरूप हरेका क्रियाकलाप गर्दै आइरहेको जनाएको छ ।

आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने संस्थाले जनाएको छ ।  अहिले सो सहकारी संस्थाले पाँच वडा शाखाबाट सेवा दिइरहेको छ । कैलालीको अत्तरिया,मसुरिया,मनहेरा,फूलबारी र हसुलियाबाट सेवा दिइरहेको छ ।

यस्तै संस्थाले एसएमएस,मोबाइल बैङ्किङ, फोन पे लगायतका सुविधाहरू ल्याउन सफल भएको जनाएको छ । दशौँ  साधारण सभामा संस्थाका उत्कृष्ट पाँचै शाखाका एक एक शेयर सदस्यहरुहरुलाई सम्मान समेत  गरिएको थियो । संस्थामा आबद्ध सदस्यहरूको जीवनस्तर सुधार गरी समग्र समाजलाई आर्थिक सामाजिक र सांस्कृतिक रूपले संवृद्ध बनाउने उद्देश्यले २०६९ सालदेखि आफ्नो कार्य सुरु गरेको हो ।