Close This

एनसेलको मोबाइल नेटवर्कमा समस्या

सोमबार भदौ १३, २०७९/ Monday 08-29-22
Paschim Today

काठमाडौँ,१४ भदौ ।   एनसेलको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । सोमबार १० बजेदेखि काठमाडौंसहित देशभर मोबाइलमा नेटवर्क नटिप्ने, फोन नलाग्नेजस्ता समस्या देखिएको हो ।

विभिन्न स्थानमा फाइबर नेटवर्क काटिँदा यस्तो समस्या आएको जनाइएको छ ।नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले विभिन्न स्थानमा फाइबर काटिएको जानकारी दिएको छ ।

नेटवर्कमा समस्या आएसँगै अनुगमनमा जाने तयारी गरेको प्राधिकरणले समस्या समाधान भइसकेको जानकारी पाएपछि अनुगमनलाई रोकेर एनसेलबाट आउने रिपोर्ट कुरिरहेको जनाएको छ ।