Close This

एक वर्षमा युएईमा १७४ जना नेपालीको मृत्यु

शुक्रबार भदौ १७, २०७९/ Friday 09-02-22
Paschim Today

काठमाडौं, १७ भदौ । वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स ९युएई० पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ । युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा उनीहरुको त्यहाँ मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको दूतावासले जनाएको छ । सोही वर्ष वैदेशिक रोेजगारीका क्रममा युएईमा मृत्यु र घाइते भएकाहरुले ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिव ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति वापत प्राप्त गरेको जानकारी दूतावासले दिएको छ ।

दूतावासका अनुसार क्षतिपूर्ति वापात प्राप्त रकम सम्बन्धीत पीडितको परिवारलाई उपलब्ध गरिएको छ । युएईमा तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ ।