Close This

धनगढी-अत्तरिया ६ लेन सडक अर्थात् मृत्यु मार्ग

आइतबार भदौ १९, २०७९/ Sunday 09-04-22
दिनेश बोहरा

उसो त धनगढी-अत्तरिया सडक खण्डमामा सवारी दुर्घटनाका खबर प्राय हप्तै पिच्छे सुन्दै आएको थियौ । तर आफू धनगढी भित्रै काम गर्ने भएर ती घटनाहरू प्रत्यक्ष देख्न पाएको थिएन। २०७९ जेठमा  मेरो जागिर धनगढीबाट महेन्द्रनगर सरुवा भयो ।

जेठ पहिलो साता  देखि बिदाको दिन घर आउने भएकाले हरेक शुक्रवार साँझ महेन्द्रनगर-धनगढी  र आइतबार बिहान धनगढी-महेन्द्रनगर यात्रा गर्न थाले। यस बिच हरेक दिन नै मैले धनगढी-अत्तरिया ६ लेन सडकमा केही न केही मृत अवस्थामा देखेको छु। कहिले बिरालो कहिले गाई गोरु त कहिले कुकुर । ती मृत जनावर कुनै रोग या काल गति ले मरेका थिएनन् ।

नजिकबाट नियालेर हेर्दा  हरेक जीव अङ्गभङ्ग र क्षतविक्षत अवस्थामा हुन्थे। त्यसै ती मरेका होइन्न यस सडक खण्डमा चल्ने सवारी साधन र ती मृत जनावरको आपसमा जुधेर दुर्घटना भएको हो। जनावर मात्रै होइन मानवीय क्षति नि उत्तिकै भएको छ। कति अपाङ्ग भए त कति ले अकालमै ज्यान गुमाए। तर यस सडक खण्डमा हुने घटनाहरू कसैले पनि गम्भीरतापूर्वक लगेको पाइएन । मानवीय क्षतिको समाचार बन्यो तर ती निर्दोष जनावरहरू ज्यान गुमाए । एक छिन समाचार मै सीमित भए। यो सडक खण्ड र यसमा हुने गतिविधि प्राथमिकताको विषय बन्नुपर्छ सम्बन्धी सबैको नजर पर्नुपर्छ। 

दुर्घटनाका कारण  

१.मादक पदार्थ सेवन गरेर सवारी चलाउने

२.छाडा चौपाया 

३.तीव्र गति

४.चर्को हेडलाईट को प्रयोग

दुर्घटना न्यूनीकरणका उपायहरू

१. सवारी साधनको जाँच तथा गति नाप्ने (स्पिड कन्ट्रोलर)

२.उपकरणको व्यवस्था गर्नुपर्छ 

३.सडकमा खुल्ला रहेका छाडा गाई गोरु को उचित व्यवस्थापन गर्नुपर्छ

४.घरपालुवा चौपाया, जस्तै–कुकुर, सुँगुर, गाई बाख्रा, कुखुरा लगायतलाई सडकमा छाड्ने धनीलाई कारबाही गर्नुपर्छ 

५.रातको लागि विशेष ट्राफिक सङ्केत बोर्डहरू राखिनुपर्छ 

६.सवारी को निश्चित गति तोक्नुपर्छ

७.सवारी चालक ले सही लेन को प्रयोग गर्नुपर्छ 

५.सवारी साधनहरूमा पहेँलो उज्यालो रङ्गको प्रयोगलाई प्रोत्साहित गर्नुपर्छ 

९. रातको समयमा डिम लाइटको प्रयोग गर्ने

१०.हाई वे भनिएको सडकलाई हाईवेको मापदण्ड अनुसार तत्काल व्यवस्थित गरिनुपर्छ 

माथि उल्लिखित कारण  र समाधानका उपायहरू मैले दैनिक आवतजावत का क्रममा गरेका अनुभवका आधार हो। अरू थुप्रै कारण र उपाय पनि हुन सक्छन् । तर यश सडक खण्डमा सवारी चलाउने चालकले  सडकमा पालना गरिनुपर्ने न्यूनतम मापदण्ड पनि पूरा गरेको अनुभव छैन। 

प्रहरीको तथ्याङ्क  अनुसार कैलाली-कञ्चनपुरमा छाडा पशु चौपायाका कारण तीन वर्षमा ६९ सवारी दुर्घटना हुँदा ६ मानिस र ५७ चौपाया मरेका छन् । तीन वर्षमा छाडा चौपायाका कारण भएको दुर्घटनामा ८२ मानिस र १५ चौपाया घाइते भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा चौपाया कारण १० वटा सवारी दुर्घटना भएका थिए । सो वर्ष भएका दुर्घटनामा परी ७ चौपाया मरेका थिए भने १० मानिस घाइते भएका थिए ।

आर्थिक वर्ष २०७७/०७८ मा छाडा चौपाया कारण १८ सवारी दुर्घटना हुँदा २ मानिस, १७ चौपाया मरेका थिए भने, २५ मानिस र १ चौपाया घाइते भएका थिए ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालका अनुसार गत आर्थिक वर्षमा पशु चौपायाका कारण ३७ सवारी दुर्घटना हुँदा ३ मानिस र १८ चौपायाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा भएका दुर्घटनामा परी ४२ मानिस र ९ चौपाया घाइते भएका थिए । पशु चौपाया सवारी दुर्घटनाको प्रमुख कारण बन्न थालेका छन् । त्यसकारण यसलाई के-कसरी समाधान गर्न सकिन्छ । त्यो तर्फ सबैको ध्यान जान जरुरी देखिन्छ । 

निष्कर्ष 

सडक यात्राका क्रममा उल्लिखित कारण र समाधानका उपायहरूलाई विचार गरी आफ्नो यात्रा अनि गन्तव्य तय गर्ने हो भने धेरै हदसम्म सवारी दुर्घटना घटाउन सकिन्छ । हरेक चालकले सडकमा पालना गरिनुपर्ने न्यूनतम मापदण्ड पनि पूरा गर्न जरुरी छ। उल्लेखित सडक दुर्घटनाका कारण र समाधानका उपायहरूलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन चरणमा विभाजन गरी सम्बन्धी जिम्मेवार निकाय बिच समन्वय गर्ने हो भने सवारी दुर्घटनाबाट भइरहेको धनजनको क्षतिलाई कम गर्न सकिन्छ । तसर्थ, असुरक्षित सडकलाई सुरक्षित बनाउ । दुर्घटना न्यूनीकरण गरी सुरक्षित यात्राको लागि सम्बन्धित सबैले आ–आफ्नो ठाउँबाट पहल गरौँ ।

 (लेखक बोहरा दारी ग्याङ सुदूरपश्चिम प्रदेश संयोजक हुन।)