Close This

अमेरिकाको मेरिल्याण्ड राज्यमा पनि मनाइयो गौरा

बुधबार भदौ २२, २०७९/ Wednesday 09-07-22
Paschim Today

मेरिल्याण्ड। अमेरिकाको मेरिल्याण्ड राज्यमा भव्यरुपमा सुदूरपश्चिमको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व गौरा मनाइएको छ । 

सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड र नेपाली अमेरिकी सांस्कृतिक केन्द्रको सह आयोजनमा यो वर्ष गौरा पर्व सम्पन्न भएको हो।

पुराणहरूमा मानस खण्ड क्षेत्रको रुपमा वर्णन गरिएको हालको सुदूरपश्चिम, मध्यपश्चिम, भारतको कुमाउँ तथा गढवाल क्षेत्रमा मनाइने यो विशेष पर्व गौरा लाई सुदूरपश्चिमको विशेष सांस्कृतिक पर्वको रुपमा मनाउने गरिन्छ । महिलाहरूको सम्मान तथा जातीय भेदभावको खारेजी यस पर्वका विशेषता हुन ।

२०२२ सेप्टेम्बर ४ का दिन मेरिल्याण्ड, भर्जिनिया तथा न्युयोर्क राज्यमा बसोबास गर्ने सुदुरपश्चिमेलीहरु तथा मेरिल्याण्डका विभिन्न सङ्घसंस्थाहरूका प्रतिनिधिहरूहरुको उपस्थिति रहेको थियो ।