Close This

पल शाहविरुद्ध मुद्दाको पेसी दोस्रो पटक पनि स्थगित

आइतबार असोज २, २०७९/ Sunday 09-18-22
Paschim Today

काठमाडौँ,२ असोज । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका पल (पूर्णविक्रम) शाहको पेसी दोस्रोपटक स्थगित भएको छ । जिल्ला अदालत तनहुँमा आइतबारका लागि पेसी तोकिएकोमा न्यायाधीश अनुपस्थित भएपछि पेसी स्थागित भएको अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले बताए ।

गत भदौ १५ गतेका लागि तोकिएको पेसी पनि स्थगित भएको थियो । गोलाप्रथा गर्दा न्यायाधीश दलबहादुर केसीको नाम परेको र केसी बिदामा रहेकाले स्थगित गरी आज (असोज २) गतेका लागि पेसी दिइएको थियो ।

यस्तै, सोही प्रकृतिको मुद्दामा गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनी अहिले जिल्ला कारागार तनहुँमा छन् ।