Close This

देशभर थपिए ७४ कोरोना संक्रमित

मंगलबार असोज ४, २०७९/ Tuesday 09-20-22
Paschim Today

काठमाडौँ,४ असोज । पछिल्लो २४ घन्टामा देशभर ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७४ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ५१२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।एक हजार ५३५ जनाको पिसिआर र एक हजार ९७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १६१९ जना सक्रिय संक्रमित छन्।

१६० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।