Close This

मंसिर ४ मा गठबन्धनका अपराधको छिनोफानो र फैसला हुन्छ : ओली

बिहीबार असोज ६, २०७९/ Thursday 09-22-22
Paschim Today

काठमाडौं, ६ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गन्तव्यबिनाको गठबन्धन भएको बताएका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनसँग गन्तव्य नभएको र सत्ताका लागि मरिहत्ते गर्ने भन्दै टिप्पणी गरे।

सही दिशा र सही विचारले मात्रै मुलुक बन्ने भन्दै ओलीले त्यसका लागि गन्तव्य निर्दिष्ट हुनुपर्ने बताए।

उनले गठबन्धनसँग यी दुवै कुरा नभएको दावी गरे।

उनले भने, गठबन्धनलाई सोध्न चाहन्छु, तपाईंको गन्तव्य के हो  एउटा जसरी पनि सत्ता प्राप्त गर्ने   घुँडा टेकेर सुरुवाल माथि तान्न लगाएर हेर्नुहोस् त घुँडा।

ओलीले  मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनले गरेका अपराधको एकरएक छिनोफानो र फैसला हुने बताए। उनले भने, मंसिर ४ मा जनताले हेरिराखेका छन्। गठबन्धनले गरेको अपराधको एकएक छिनोफानो र फेसला हुन्छ। निर्वाचनमा गठबन्धनलाई जनताले हराएर छोड्ने र एमालेलाई जिताउने उनको भनाइ  छ।