Close This

दार्चुलाका बाढीपीडितलाई राहत उपलब्ध गराउन पहल भइरहेको छ : गृहमन्त्री

बिहीबार असोज ६, २०७९/ Thursday 09-22-22
Paschim Today

काठमाडौँ,६ असोज । गृहमन्त्री बालकृष्ण खाणलाई दार्चुलाको एक प्रतिनिधिमण्डलले भेट गरी बाढीपहिरोबाट भएका क्षतिमा सरबारबाट राहत उपलब्ध गराइदिन माग गरेका छन्।निवर्तमान सांसद नन्दा बम नेतृत्वको टोलीले केही दिनअघि जिल्लामा बाढी पहिरोबाट भएका क्षतिबारे गृहमन्त्रीलाई जानकारी गराएकी थिइन्।

गत भदौ २४ मा महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी पहिरोले क्षति पुर्‍याएकोले राहत व्यवस्था गर्न प्रतिनिधिमण्डलले माग गरेका थिए।उनीहरूले तिंकर सडकखण्ड लासुखोला र निजङ खोलामा पुल निर्माण गर्न पनि ध्यानाकर्षण गराएका थिए।

गृहमन्त्री खाणले राहतका लागि पहल भइरहेको बताएका थिए। पुल निर्माणबारे सम्बन्धित मन्त्रालयसँग आवश्यक पहल गरिने उनले बताए।