Close This

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपतिमा डा. टीएन जोशी नियुक्त 

बिहीबार असोज ६, २०७९/ Thursday 09-22-22
Paschim Today

धनगढी, ६ असोज । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपतिमा संस्कृतिविद डा. टीएन (त्रैलोक्य नाथ) जोशीलाई नियुक्त गरेको छ । 
प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले जोशीलाई प्रतिष्ठानको उपकुलपति नियुक्त गरिएको नियुक्तिपत्र हस्तान्तरण गरे । उपकुलपतिमा नियुक्त भएका डा. जोशीले सुदूरपश्चिमको गौरा संस्कृतिमा विद्यावारिधि गरेका छन् । उनी कैलाली जनपुस्तकालयका अध्यक्ष पनि हुन । जोशी विभिन्न कलेजमा अध्यापनसमेत गर्दै आएका छन् । धनगढीमा बसोबास गर्दै आएका उनले विगतमा पत्रकारितासमेत गरेका थिए ।