Close This

दून एकेडेमीको दसैँ मिलन कार्यक्रम सम्पन्न

शुक्रबार असोज १४, २०७९/ Friday 09-30-22
Paschim Today

धनगढी,१४ असोज । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोकमा रहेको दून एकेडेमीले दसैँ मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बिच दसैँको शुभकामना आदानप्रदान गर्दै दसैँ मिलन कार्यक्रम सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक राम प्रसाद उपाध्यायले जानकारी दिए ।

शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्व प्याब्सन  प्रदेश प्रमुख दीपक चन्दले विद्यालयले पठनपाठन सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता हासिल गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

No description available.

शुभकामना आदानप्रदान कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक सन्देशमूलक गतिविधि प्रस्तुत गरेका थिए। यसैबिच उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो।