Close This

जिल्ला प्रशासन कार्यालय बैतडीले  १५ दिन भित्र हातहतियार बुझाउन निर्देशन

शुक्रबार असोज १४, २०७९/ Friday 09-30-22
Paschim Today

बैतडी, १४ असोज । जिल्ला प्रशासन कार्यालय बैतडीले  १५ दिन भित्र हातहतियार बुझाउन निर्देशन दिएको  छ । शुक्रबार  एक सूचना जारी गरेर  जिल्ला प्रशासन कार्यालय बैतडीले  इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको हो ।

अगामी मंसिर ४ गते हुने प्रतिनिभि सभा तथा प्रदेश सभा निर्वाचनलाई  ध्यानमा राखेर हातहतियार बुझाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी  सुरेश पन्थीले  जनाकारी दिए । निर्वाचनलाई शान्तीपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नका लागि इजाजत प्राप्त गरि  व्यक्तीगत रुपमा राखिएका हातहितयारहरु नजिकको प्रहरी इकाइमा बुझाउन सूचनामार्फत भनिएको छ । बुझाइएका हातहतियार  निर्वाचनपछि फिर्ता गरिने बताइएको  छ ।

अबको १५ दिन भित्र  हातहतियार  बुझाउन  प्रशासनले निर्देशन दिएको  हो  । सो समयम सीमा भित्र इजाजत प्राप्त हातहतियार  नबुझाउने लाई  कानुन अनुसार  कारबाही गरिने  जिल्ला प्रशासन कार्यालय  बैतडीले  जनाएको  छ ।