Close This

सेवा सुविधाको रकमले बालबालिकालाई पोशाक किनिदिने

शुक्रबार असोज १४, २०७९/ Friday 09-30-22
Paschim Today

धनगढी, १४ असोज । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पाउने तीन महिनाको रकम सामाजिक कार्यमा खर्चने भएका छन् । उनले साउन, भदौ, असोज र पर्व खर्चवापत प्राप्त हुने २ लाख ६७ हजार ८ सय रुपैयाँ सामाजिक कार्यमा खर्चने भएका हुन । 
उनले दसैँको अवसरमा सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरुमा आश्रित २६९ जनालाई पोशाक किनिदिने भएका छन् । मेयर हमालले दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, दृष्टि फाउन्डेसनका ५५ जना आश्रितहरु, मानव सेवा आश्रममा रहेका ५६ जना, आमाको माया छात्रावासमा रहेका ३० जना, गेटा अपाङ्ग समाजका ५ जना र  पञ्चोदय माविमा अध्ययनरत १८ जना दृष्टिविहिन विद्यार्थीलाई पोशाक किनिदिने बताए ।