Close This

नेपालले आज थाइल्याण्डको सामना गर्दै

बुधबार असोज १९, २०७९/ Wednesday 10-05-22
Paschim Today

काठमाडौँ । एएफसी यू-१९ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज बुधबार थाइल्याण्डको सामना गर्दैछ।

भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा नेपालले बलियो टोली थाइल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।थाइल्याण्डविरुद्ध नेपाल जित निकाल्दै सुखद सुरुआतको योजनामा रहेको छ । नेपाल पहिलो खेलमै थाइल्याण्डलाई हराउन चाहन्छ ।नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध जितकै लागि खेल्ने बताईसकेका छन् ।

छनोटका लागि नेपाली टोली सोमबार भियतनाम पुगेको थियो । छनोटमा नेपाल समूह एफमा रहेको छ ।  यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।नेपाली टोलीका कप्तान प्रशान्त लक्समले सबै खेलमा शतप्रतिशत मेहेनेत गरेर खेल्ने बताएका थिए ।
 

छनोट अन्तर्गत नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।