Close This

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

बिहीबार असोज २०, २०७९/ Thursday 10-06-22
Paschim Today

धनगढी,२० असोज । कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बिहीबार स्वास्थ्य तालिम केन्द्र धनगढीमा एक कार्यक्रमको आयोजना गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना सँगै आजै क्षेत्र नम्बर ४ को कार्यालय स्थापना भएपछि ५ वटै क्षेत्रका निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् ।

बिहीबार एक कार्यक्रमका बिच निर्वाचन आयुक्त डा।जानकी तुलाधरले कैलालीको मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै आयुक्त तुलाधरले निर्वाचन लाई मर्यादित, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्न सबै निकाय जिम्मेवारीका साथ लाग्नु पर्नेमा जोड दिएकी हुन् ।

कैलालीमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागी ५ लाख ३५ हजार ५ सय १४ मतदाताले सहभागिता जनाउने छन् । कैलालीका ५ निर्वाचन क्षेत्रका लागी २ सय ३७ मतदान स्थल र ६ सय २९ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना सँगै निर्वाचन लक्षित कार्यक्रम निरन्तर अघि बढ्ने प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए ।