Close This

मंसिर १ गतेदेखि ५ गतेसम्म बिदा दिने त्रिविको निर्णय

शुक्रबार कार्तिक २५, २०७९/ Friday 11-11-22
Paschim Today

काठमाडौं,२५ कात्तिक । त्रिभुवन विश्वविद्यालयले मंसिर १ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको छ।

त्रिवि कार्यकारी परिषद्को बैठकले मंसिर ४ गते हुने निर्वाचनको लागि मंसिर १ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो। 

निर्वाचनका लागि त्रिविका अधिकांश क्याम्पस तथा कार्यलयमा मतदान केन्द्र राखिएका, कर्मचारीहरु निर्वाचनमा खटिएका तथा मतगणना केन्द्रसमेत राखिएकाले बिदा दिनुपरेको सूचनामा उल्लेख छ।