Close This

लिटिल आइकन नेपालः बैतडीकी आयुषाले जितिन् अवार्ड

मंगलबार कार्तिक २९, २०७९/ Tuesday 11-15-22
Paschim Today

बैतडी, २९ कात्तिक । बैतडीकी १० वर्षीया आयुषा भण्डारीले लिटिल आइकन नेपाल २०२२ मा दुई अवार्ड जित्न सफल भएकी छन् । एघारौं संस्करणको लिटिल आइकन नेपालमा आयुषाले ‘सिनियर गर्ल्स’तर्फ मोस्ट ट्यालेन्टेडको अवार्ड र  मोस्ट फ्रेन्डलीको अवार्ड हात पारेकी हुन् ।

एनपी मिडिया हाउसको आयोजना सञ्चालन भएको लिटिल आइकन नेपालको फाइनल प्रस्तुती काठमाडौंस्थित राष्ट्रिय नाचघरमा गरिएको थियो । सहभागीमध्ये निर्णायकहरुको छनौटको आधारमा आयुषाले मोस्ट ट्यालेन्टेडको अवार्ड र मोस्ट फ्रेन्डलीको अवार्ड जित्न सफल भएकी हुन् । बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएकी आयुषा हाल काठमाडौंको हेराल्ड सेकेन्डरी स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन् ।

१० वर्षीया आयुषा सानै उमेरदेखि डान्स,कलाक्षेत्रमा पनि रुची राख्दै आएकी छन् । अवार्ड जितेपछि आयुषाले खुसी व्यक्त गर्दै यो अवार्डले आफूलाई पढाईका साथै मनोरञ्जन क्षेत्रमा अगाडी बढ्न थप हौसला प्राप्त भएको बताईन् ।  लिटिल आइकन नेपालमा एक दर्जन बढी स्कुलका १०० बढी विद्यार्थी सहभागी थिए ।

उक्त प्रतियोगिताले बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने  आयोजक संस्थाका अध्यक्ष लव बहादुर कार्कीकोे भनाई छ  ।