त्रिशूली -३ 'ए ' मा फसेकाको उद्धार गर्न भारतीय टोली त्रिशूली पुग्यो
काठ्माडौँ- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५-४० जनाको उद्धारका लागि सरकारले दुई दिनदेखि प्रयास जारी राखेको छ ।
शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
टनेलभित्र मानिस फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो ।
सुरुङको मुख खोतल्न र खोजीकार्यलाई गति दिनका लागि शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ । सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ । भारतीय टोलीले हेलिकोप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको जनाइएको छ ।

-1200x5602026-08-29-03-40-17.jpeg)


-1200x5602026-08-29-03-14-25.jpeg)

तपाईको प्रतिक्रिया