‛द भ्वाइस अमेरिकाʼ को टप १६ मा परिजिताको उत्कृष्ट प्रस्तुति

मंगलबार कार्तिक २९, २०७९/ Tuesday 11-15-22
Paschim Today

नेपाली छोरी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को टप १६ लाइभ शोमा उत्कृष्ट प्रस्तुति दिएकी छन्।  कोच जोन लिजेन्डको तर्फबाट उनले लेडी गागाको ‘आई विल नेभर लभ अगेन’ बोलको गीत गाएकी थिइन्।  लाइभ शो राउण्डबाट दर्शकले प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन्। उनको ब्लाइन्ड अडिसनबाटै चर्चा भइरहेको छ ।

 उनले ब्लाइन्ड अडिसन गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोचको कुर्सी घुमाएकी थिइन् भने ब्याटल राउण्डमा द मेरिलाइन्ड अन द बी गीजका दुई युवतीसँग डुअल प्रस्तुति दिएकी थिइन् उनीहरू तीनै जनाले ‘हाउ डीप इज योर लभ’ बोलको गीत गाएका थिए। जसमा परिजिताले उत्कृत्ट प्रस्तुति दिएकी थिइन्।

त्यस्तै उनले नकआउट राउण्डमा भालारी हार्डिङ र पेटन एल्ड्रिजसँग एट्टा जेम्सको ‘आई वुर्ड यादर गो ब्लाइन्ड’ बोलको गीत गाएकी थिइन्। राम्रो प्रस्तुति दिएको भन्दै कोच जोनले तीन जनामध्ये उनलाई छनोट गरेका थिए। गायन रियालिटी शो ‘द भ्वाइस’ अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको छ।