Close This

पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

मंगलबार कार्तिक २९, २०७९/ Tuesday 11-15-22
Paschim Today

काठमाडौं, २९ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टीजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप २० जना सङ्क्रमणमुक्त पनि बनेका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४९१ पुगेको छ । यही अवधिमा ४१ हजार २४४ ले खोप लगाएका छन् ।