Close This

प्रभु लाइफ इन्स्योरेन्सद्वारा ११ लाख २० हजार दावी भुक्तानी

शुक्रबार मङ्सिर २, २०७९/ Friday 11-18-22
Paschim Today

काठमाडौं, २ मंसिर । प्रभु लाइफ इन्स्योरेन्सले मृतक परिवारलाई दावी भुक्तानी गरेको छ ।इन्स्योरेन्सको गल्कोट शाखा कार्यालयले मृतक बिमित अनुप गौतमको बुबा अनन्त दत्त गौतमलाई ११ लाख २० हजार रूपैयाँको चेक हस्तान्तरण गरेको हो।

गत असोज १९ गते गौतमको डेंङुको कारण १७ वर्षको उमेरमा भरतपुर मेडिकलमा मृत्यु भएको थियो।