किनबेच
शुक्रबार मङ्सिर २, २०७९/ Friday 11-18-22
उषा जोशी,
सुनिन्छ विश्वास किनिदै छ रे यहाँ हजारौं हजारमा
मान्छेको औकात बेचिदैछ भन्छन् आज कालो बजारमा ।
युवाहरूको रगत बेचिदैछ मलेसिया र कतारमा
देशको ढुकुटी रित्याउँदै बुढाहरु भट्टी र डान्सवारमा ।
कस्तो जादु हुँदो रैछ यो सन्ध्याकालीन संसारमा
कोही ठूला ठेकेदार कोही मालपोत र भन्सारमा ।
काला कोट , हिंसाका चोट सबै किनेर हजारमा
नशासंंग नसा साट्न सबै मस्त छन् रे बजारमा ।
खोला नाला, जङ्गल, नदी सीमाना बेचेर हजारमा
देशै बेच्ने होडबाजी छ भन्छन् आज कालो बजारमा ।
उषा जोशी, धनगढी
तपाईको प्रतिक्रिया