Close This

बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट किशोर पक्राउ

बुधबार मङ्सिर ७, २०७९/ Wednesday 11-23-22
Paschim Today

भक्तपुर, ७ मंसिर । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी बर्दीबास ढुङ्ग्रे घर भएर भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरूटार बिरुवा बस्ने १९ वर्षीय निशान तामाङ छन् ।

उनले ७ वर्षीया बालिकालाई कात्तिक २८ मा दिउँसो आफ्नै कोठामा जबर्जस्ती करणी गरेको आरोप छ । आरोपमाथि प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।