Close This

मकवानपुरमा सुमो दुर्घटना : १ जनाको मृत्यु, ७ घाइते

बुधबार मङ्सिर ७, २०७९/ Wednesday 11-23-22
Paschim Today

हेटौंडा,७ मंसिर । हेटौंडा-काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी-कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-२ सल्लेमा सुमो दुर्घटना हुँदा १ जना पुरुषको मृत्यु भएको छ। बाँकी ७ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि नजिकको अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए। वीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ना १ ज ४४६६ नम्वरको सुमो इन्द्रसरोवर २ मा दुर्घटना भएको थियो। घटनाबारे थप विवरण आउन बाँकी छ।