Close This

मुम्बईमा दादुराको कहर : २३३ बिरामी, १२ को मृत्यु

बिहीबार मङ्सिर ८, २०७९/ Thursday 11-24-22
एजेन्सी

एजेन्सी, महाराष्ट्रको मुम्बईमा दादुराका बिरामी बढ्दै गएका छन् । सहरमा दादुराका १३ जना नयाँ बिरामी थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । बृहन्मुम्बई महानगरपालिका (बीएमसी) का अनुसार यस वर्ष हालसम्म दादुराका २३३ केस  आएका छन् र कुल १२ जनाको ज्यान गइसकेको छ ।

बीएमसीले प्रेस विज्ञप्ति जारी गर्दै बुधबार करिब ३० जना दादुराका बिरामी अस्पतालमा भर्ना भएको बताएको छ । योसँगै २२ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । बीएमसीको सर्वेक्षणमा १ सय ५६ जनामा ​​दादुराको संक्रमण देखिएको छ । बालबालिका यो रोगको बढी जोखिममा छन् । मुम्बई नजिकै भिवंडीमा बस्ने दादुरा आएका आठ महिनाको बालकको मंगलबार मृत्यु भएको छ ।

Image

नोभेम्बर २० मा, बच्चाको शरीरभरी दागहरू देखा पर्न थालेका थिए । उनलाई मंगलबार साँझ बीएमसी अस्पतालमा भर्ना गरिएको थियो तर केही घण्टामै बच्चाको मृत्यु भयो । तर, अनुसन्धानपछि मात्रै मृत्युको कारण पत्ता लाग्न सक्यो । अधिकारीले पछिल्लो २४ घण्टामा तीन लाखभन्दा बढी मानिसको स्क्रिनिङ गरेका छन् । बीएमसीले भन्यो, ‘ज्वरो र शरीरमा दाग देखिएको सबै मामिलामा भिटामिन–ए का दुई डोज दिइँदैछ । दोस्रो डोज २४ घण्टाको अन्तरालमा दिइने गरिन्छ ।’