कैलाली–२ मा कडा प्रतिस्पर्धा, मतान्तर घटाउँदै चौधरी

बिहीबार मङ्सिर ८, २०७९/ Thursday 11-24-22
Paschim Today

धनगढी, ८ मंसिर । कैलाली–२ प्रतिनिधि सभा सदस्यतर्फ गठबन्धन उम्मेदवार माओवादी केन्द्रका भगत बडुवाल, नागरिक उन्मुक्ति पार्टीका अरुन चौधरी र नेकपा एमालेका उम्मेदवार झपट रावलबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

३१ हजार १६० मत गणना हुँदा बडुवालले नौ हजार ४४६, चौधरीले नौ हजार ४३३ र रावलले नौ हजार ११ मत प्राप्त गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका चौधरीले मतान्तर घमटाउँदै लगेका छन् । उनी १३ मतलेमात्रै गठबन्धन उम्मेदवारभन्दा पछाडि छन् ।