कैलाली ५ मा एमालेका राना मतान्तर घटाउँदै
बिहीबार मङ्सिर ८, २०७९/ Thursday 11-24-22
Paschim Today

धनगढी,८ मङ्सिर । कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेकपा एमालेका उम्मेदवार नारदमुनि राना मतान्तर घटाउन थालेका छन् ।
नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तसँग फराकिलो मतले पछि परेका राना अहिले मतान्तर घटाउँदै गएका हुन् ।
पछिल्लो मत परिणाम अनुसार ३६ हजार २४९ मत गणना हुँदा काँग्रेसका पन्तले ११ हजार ८५४ मत पाएका छन् भने मालेका उम्मेदवार रानाले १० हजार १९६ मत छ। उनीहरूबिच अहिले एक हजार ६५८ मतान्तरको फरक छ ।
तपाईको प्रतिक्रिया