कैलाली–३ मा नागरिक उन्मुक्तिलाई सबैभन्दा बढी मत

बिहीबार मङ्सिर ८, २०७९/ Thursday 11-24-22
Paschim Today

धनगढी, ८ मंसिर । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार सो पार्टीले २१ हजार ५४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 
नेपाली कांग्रेसले १० हजार सात, नेकपा (माओवादी केन्द्र) ले आठ हजार ४१६, नेकपा एमालेले सात हजार ५३१ म्त प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार ३९२ र नेकपा (एकीकृत समाजवादी) ले दुई हजार ६६१ मत प्राप्त गरेका जनाइएको छ ।