धनगढीमा उडान मेकअप एकेडेमी सञ्चालनमा

बिहीबार माघ १२, २०७९/ Thursday 01-26-23
Paschim Today

धनगढी, १२ माघ ।
धनगढीमा पहिलो पटक मेकअप एकेडेमी तथा स्टुडियो सञ्चालनमा आएको छ ।

भारतको बेंग्लोरमा रहेको एसियाकै प्रतिष्ठित मेकअप स्कुल एसएमए ईन्टरनेशनल मेक अप एकेडेमीमा मास्टर मेकअप आर्टिष्टबाट दिक्षित उपासना जोशीले धनगढीको उत्तरबेहडीमा नवनिर्मित डी.वी.कम्प्लेक्समा उडान मेकअप एकेडेमी तथा स्टुडियो सञ्चालनमा ल्याएकी हुन् ।

स्टुडियो सञ्चालक उपासनाका बुवा नेपाल रेडक्रस सोसाईटी कैलालीका पूर्व अध्यक्ष उत्तम जोशी र आमा उषा जोशीले पूजा गरेर स्टुडियोका बिधिवत उद्घाटन गरे ।

मेकअप आर्टिष्ट जोशीले  मेकअप एकेडेमी तथा स्टुडियामा मेक अप कक्षाहरुका साथै नङहरुको विस्तार तथा सुरक्षा, अनुहारको सुरक्षाका लागि आवश्यक उत्पादनहरु, छालाको अवस्थाका आधारमा प्रयोग गर्नुपर्ने उत्पादनहरु र तिनको प्रयोगको बिधिका बारेमा प्रशिक्षण दिईने बताईन ।

उनले फिल्म, म्युजिक भिडियो तथा बिबाहमा मेकअपको उच्चस्तरीय सेवा दिने बताईन ।