Close This

प्रचण्डलाई भेट्न एकीकृत समाजवादीका नेता पेरिसडाँडामा

बिहीबार माघ १९, २०७९/ Thursday 02-02-23
Paschim Today

काठमाडौं, १९ माघ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका छन् ।  माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएलगत्तै पौडेल प्रचण्डलाई भेट्न माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पुगेका हुन् ।

पार्टीको तर्फबाट उनी पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पेरिसडाँडा पुगेको बताइएको छ ।  गृह मन्त्रालय नपाउने भएपछि रास्वपा सरकारसँग चिढिएको छ । प्रचण्डले रविको मुद्दा टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आएका छन् । प्रचण्डको अडानपछि सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिन रास्वपाको बैठक पनि बिहीबार बसिरहेको छ ।