Close This

भारतबाट फर्किएका युवक धनगढीको होटलमा मृत फेला

बिहीबार माघ १९, २०७९/ Thursday 02-02-23
Paschim Today

धनगढी,१९ माघ । भारतबाट फर्किएका कैलालीका युवक होटलमा मृत अवस्थामा भेटिएका छन्।बिहीबार बिहान भारतबाट फर्केका मोहन्याल गाउँपालिका–१ का ३९ वर्षीय प्रकाश घर्तीमगर धनगढी बसपार्कस्थित चन्द्रदीप मिलन बोगटान होटलमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार प्रकाश होटलको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । भारतको रत्नागिरिबाट उनी बिहान ९ बजे होटलमा पुगेका थिए ।