Close This

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने, दुई दिनपछि निर्णय लिने

बिहीबार माघ १९, २०७९/ Thursday 02-02-23
Paschim Today

काठमाडौँ,१९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार नछाड्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठकले सरकार नछाड्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २ दिनको समय दिएको छ ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डले माग सम्बोधन गर्न दुई दिन समय मागेकाले त्यतिबेलासम्म पर्खिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

माघ १३ गते नागरिकताको मुद्दामा अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री रहेका रवि लामिछानेले पद गुमाएका थिए । रास्वपाले गृहमन्त्री माग गरेको थियो ।