Close This

पक्राउ परेका प्रतिनिधि सभा सदस्य चौधरीलाई धनगढी ल्याइयो

बिहीबार माघ १९, २०७९/ Thursday 02-02-23
Paschim Today
जिल्ला प्रहरी कार्यालय कैलालीमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता र अरुण ।


धनगढी, १९ माघ । बाकेबाट पक्राउ परेका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई हवाईजहाजबाट धनगढी ल्याइएको छ । 
नेपालगन्जबाट जहाजमै काठमाडौं लगिएका उनलाई त्यहाँबाट श्रीएयरलाइन्सको जहाजमा धनगढी ल्याइएको हो । उनको साथमा नागरिक उन्मुक्ति पार्टीकाअ अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य रन्जिता श्रेष्ठ चौधरी पनि धनगढी आएकी छ्न । दुबै जना जिल्ला प्रहरी कार्यालयमा रहेको अध्यक्ष चौधरीले जानकारी दिएकीछ्न । १३ वर्ष अगाडि २०६६ मा थरुहट आन्दोलनको क्रममा ट्रयाक्टर जलाइएको घट्नामा प्रतिनिधि सभा सदस्य चौधरीसहित तीन जनालाई दोषी ठहर गरी कैलाली जिल्ला अदालतले ६ महिना जेल सजाय र जरिवाना सुनाएको थियो । सोही सजाय भुक्तानका लागि चौधरीलाई पक्राउ गरिएको छ । यद्यपि, अदालतक फैसला सरकार र आन्दोलरत थरुहट पक्षको सहमति विपरित रहेको नागरिक उन्मुुक्ति पार्टीले जनाएको छ । आन्दोलनको क्रममा लगाइएको सबै मुद्दा फिर्ता लिने र तत्काल आन्दोलन रोक्ने दुबै पक्षबीच २०६९ जेेेठ १० गते सहमति भएको थियो । अदालतले भने २०७० मा फैसला गरेर दोषी ठहर गर्यो ।