Close This

टेक्सासको ह्युस्टनमा नेपाली समुदायले धुमधामसंग मनायो होली

सोमबार फागुन २२, २०७९/ Monday 03-06-23
Paschim Today

ह्युस्टन, टेक्सास(अमेरिका), २१ फागुन ।
टेक्सासको ह्युस्टनमा नेपालीहरुले धुमधामसंग होली पर्व मनाएका छन् । नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्सासको ह्युस्टनमा नेपालीहरुले बिबिध कार्यक्रम गरी धुमधामसंग होली पर्व मनाएका हुन् ।

नेप्लिज हेरिटेज युनियनको आयोजनामा होली कार्यक्रम स्थानीय आर्थोर स्टोरी पार्कमा जम्मा भएर ह्युस्टनमा रहेका नेपालीहरुले एक अर्कालाई रंग लगाएर होली पर्वको शुभकामना आदान प्रदान गर्दै होली मनाएका हुन् ।

नेप्लिज हेरिटेज युनियन ह्युस्टनका अध्यक्ष कर्ण बोगटीले होलीको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिनुका साथै सहभागीहरु रंग लगाएका थिए ।

होली पर्बको अवसरमा होली गीत, लोक दोहोरी, देउडा नाच गान तथा होलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।

अध्यक्ष बोगटीले आफ्नो धर्म,संस्कृति र परम्परा जगेर्नाका लागि हरेक वर्ष दशैं, तिहार, माघी, गौरा, होली पर्व मनाउदै आएको बताए ।