Close This

राइजिङ स्टार बोर्डिङ स्कुलले मनायो ५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस

सोमबार फागुन २२, २०७९/ Monday 03-06-23
Paschim Today

धनगढी,२२ फागुन । धनगढी उपमहानगरपालिका छ मटीयारीमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलले ५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । एक भव्य समारोहका बिच विद्यालय प्राङ्गणमा वार्षिकोत्सब मनाइएको हो ।

२०७२ सालमा स्थापित भै २०७५ सालबाट नयाँ व्यवस्थापन सहित संचालनमा आएको राइजिङ स्टार बोर्डिङ स्कुल पछिल्लो समय मटीयारी क्षेत्रमा अधिकांश अभिभावकको रोजाईमा पर्न थालेको छ । १७ विद्यार्थीबाट सुरुबाट गरिएको विद्यालयमा हाल नर्सरीदेखि कक्षा ५ सम्म ३५० भन्दा बढी विद्यार्थीहरु रहेको विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले बताए ।

वार्षिकोत्सब समारोहमा विद्यार्थीहरुले विभित्र आकर्षक प्रस्तुति पस्केका थिए । विशेष गरि मौलिक परम्परालाई बचाइराख्ने उद्देश्यका साथ कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुले आ आफ्नो प्रतिभा पस्किदा उपस्थित अतिथि र अभिभावक अत्यन्तै प्रभावित भएका थिए ।

सनिवार वार्षिकोत्सबमा प्रमुख अतिथि रहेका सुदूरपश्चिम विश्वविद्यालयका पुर्व रजिस्ट्रार प्राध्यापक डा. हेमराज पन्तले राइजिङ स्टार बोर्डिङ स्कुलले युग सुहाउँदो शिक्षा दिइरहेको बताए । प्रविधिको सदुपयोग गर्दै जुन किसिमबाट विद्यार्थी नानिबाबुले आफ्नो प्रतिभा देखाए त्यो लोभलाग्दो रहेको पन्त बताउँछन् । उनले विद्यालयमा अध्ययनरत हरेक विद्यार्थीहरुमा सम्भावना रहेकोले भन्दै यो तिनीहरूको रुचि अनुरुप राइजिङ स्टार बोर्डिङ स्कुलले शिक्षा दिइरहेको समेत बताए ।

त्यस्तै विशिष्ट अतिथि ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले राइजिङ स्टार बोर्डिङ स्कुलको व्यवस्थापन र विद्यार्थीमा देखिएको अनुशासनले विद्यालय धेरै माथी जाने संकेत देखिएको बताए । उनले धनगढीमा नाम चलेका कुनै विद्यालयभन्दा भन्दा पनि राइजिङ स्टार बोर्डिङ स्कुल कम नरहेको बताउँदै छेउछाउका अभिभावकले बजारमै छोराछोरी पठाउनुभन्दा राइजिङ स्टार बोर्डिङ स्कुलले नै गुणस्तरीय शिक्षा दिइरहेकोले यश विद्यालयको टिमलाई अभिभावक ज्युले विश्वास गर्नुपर्ने बताए ।

वार्षिकोत्सब समारोहमा विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले छोटो समयमै अभिभावकले यसरी विश्वास गरिदिदा आफुले थप जिम्मेवारी बोध गरेको भन्दै गुणस्तरीय शिक्षाको लागि आफुले अझै मिहिनेत गर्ने बताए ।

वार्षिकोत्सब समारोहमा विभिन्न क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुले सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा क्रमशः शिक्षाप्रेमी तथा समाजसेवी व्यक्तित्व तारादत्त पान्डेय,दृष्टि फाउन्डेसन कि सञ्चालक कल्पना भट्ट,पत्रकार तथा साहित्यकार डिल्लीराज ओझा समर्पण,सुपकला साहित्य प्रतिस्ठानका महासचिव गुणाकर पनेरु ज्यू त्यसैगरि देवपुर युवा क्लव र बाशुदेवी युवा क्लब सम्मानित भएको हो ।

विद्यालयका संस्थापक अध्यक्ष रामचन्द्र शाहीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सब समारोहको प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका पुर्व रजिस्ट्रार प्राध्यापक डा। हेमराज पन्त,विशिस्ट अतिथिहरुमा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मवेव भट्ट,नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष तेज शंकर भट्ट,स्टेपिङ स्टोन स्कुलका संस्थापक प्रीन्सिपल रामजी हमाल,दर्जन बढी विशिष्ट अतिथि लगायत अतिथिहरुको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन विद्यालयकी शिक्षिका कुश्मा भट्ट र कैलाश शाहिले गरेका थिए ।