एरिष्टो इङ्गलिस बोर्डिङ स्कुल धनगढीले मनायो ३०औँ वार्षिक उत्सव
सोमबार फागुन २२, २०७९/ Monday 03-06-23
Paschim Today

धनगढी,२२ फागुन । धनगढीको एरिष्टो इङ्गलिस बोर्डिङ स्कुलले आज आफ्नो ३०औँ वार्षिक उत्सव मनाएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य रमेशसिंह धामीको प्रमुख आथिथ्यतामा आज एक कार्यक्रमकाबीच सम्पन्न भएको हो । ३०औँ वार्षिक उत्सव कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो ।
यस्तै विद्यालयको शैक्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । सार्थ सोही अवसरमा ,खेलकुद सप्ताहमा स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार,विभिन्न शैक्षिक अवार्ड, सम्मान कार्यक्रम गरिएको थियो ।
तपाईको प्रतिक्रिया