Close This

एसपीएका विद्यार्थी सागर खनालले बनाए एसपीए ईभीकार

बुधबार फागुन २४, २०७९/ Wednesday 03-08-23
Paschim Today

धनगढी,२४ फागुन । एसपीए कलेजका विद्यार्थी सागर खनालले बनाएको एसपीए ईभी मोडल एक कारको बुधवार धनगढीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

कलेजमा भएको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले कार सार्वजनिक गरेका हुन् । एसपीएको कक्षा १२ विज्ञान सङ्कायमा अध्ययनरत सागर खनालले उक्त कार बनाएका हुन । उक्त कार बनाउन उनलाई ६ महिनाको समय लागेको थियो ।

उक्त कार निमार्ण लागत ३ लाख रुपैयाँ छ । कार निर्माणको सम्पुर्ण खर्च एसपीए कलेजले व्यहोरेको छ । निर्माणकर्ता सागरका अनुसार एक पटक चार्ज गरेमा उक्त कार ८० देखि एक सय किलोमिटर सम्म चल्न सक्छ । कार स्टार्ट गर्नका लागी चाबी सँगै सेक्यूरेटी नम्बर पनि आवश्यक पर्दछ । यसले गर्दा कार चोरी हुने सम्भावना नरहने खनालले बताए । त्यसबाहेक कारमा फोल्डीङ सिटको व्यवस्था गरिएको छ । सिटहरू आवश्यकता अनुसार अगाडि पछाडि फोल्डीङ गर्न सकिन्छ । कारमा विभिन्न क्यामराहरूको प्रयोग गरिएको छ ।

जसले गर्दा चालकले अगाडी पछाडि कोही भए नभएको हेर्न सक्छन् । यो ईलेक्टोनि कार भएकाले वातावरण मैत्री पनि छ । कारको उद्घाटन सँगै मेयर हमालले निर्माणकर्ता सागरसँगै बसेर कलेजको प्राङ्गणमा फन्को लगाएका थिए । कारको सवारी गरेपछि मेयर हमालले निमार्ण कर्तालाई बधाई दिँदै कलेजले आफ्ना विद्यार्थीको प्रतिभा विकासमा गरेको लगानीको प्रशंसा गरे । मेयर हमालले सागर जस्तै अरू आविष्कारक युवाहरूलाई सपोर्ट गर्न उपमहानगरपालिका सधैँ तत्पर रहने बताए ।

कार्यक्रममा एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले विधाार्थीले देखाएको इच्छाशक्तिलाई यथार्थमा प्ररिणत गर्न एसपीए कलेज ठुलो लगानी गर्न समेत पछि नपर्ने कुराको उदाहरण यो भएको बताए । निर्माण कर्ता सागर खनालले कलेजको सपोर्ट बाट मात्रै आफ्नो सपना सकार भएको बताए ।

आफूले उक्त कार बनाउने कलेजका प्रबन्ध निर्देशक सुवास शाहीलाई प्रस्ताव राखेको अर्को दिनमै कलेज लगानी गर्न तयार भएको उनले बताए ।