Close This

टीयू दोस्रो र तेस्रो टपर भए एसपीएका विद्यार्थी

बुधबार चैत १, २०७९/ Wednesday 03-15-23
Paschim Today

धनगढी, १ चैत्र । धनगढीको एसपीए कलेजमा बीएचएमका अध्ययनरत् दुई विद्यार्थी सर्वोत्कृष्ट नतिजासहित विश्वविद्यालय दोस्रो र तेस्रो भएका छन् । त्रिभुवन विश्वविद्यालय(टीयू)ले यसैवर्ष श्रावणमा लिएको बीएचएम पहिलो सेमिष्टरको परीक्षामा उनीहरु विश्वविद्यालयकै दोस्रो र तेस्रो भएका हुन् । सोमबार प्रकाशित नतिजा अनुसार देउमती चौधरी र एनी श्रेष्ठ क्रमशः टीयू दोस्रो र तेस्रो भएका हुन् ।

देउमतीले ३.९२ जिपिए र अनीले ३.९१ जिपिए ल्याएकी छिन् । ‘यस नतिजाले शैक्षिक क्षेत्रमा एसपीए पुनः एकपटक अब्बल रहेको प्रमाणित गरेको छ,’ बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले भने, ‘विद्यार्थीको अविरल मिहिनेत, अध्यापक तथा कलेजको साथ सहयोगले यो सम्भव भएको हो । आगामी दिनमा सम्पूर्ण विद्यार्थीहरुको अझै प्रगतिको कामना गर्दछौं ।’

विश्वविद्यालय दोस्रो भएकी विद्यार्थी देउमतीले निरन्तरको लगाव र अध्यापक तथा परिवारको साथ सहयोगले सफलता मिलेको बताइन् । ‘निरन्तरको मिहिनेतले यो सफलता मिलेको हो । गुरुवर्ग, साथीभाई र परिवारले पनि पढ्नमा साथ दिनुभयो,’ देउमतीले भनिन्, ‘मुख्यकुरा त एसपीएमा बीएचएम पढाई किताबमा मात्रै सीमित छैन । हामीले पढेका कुराहरु व्यवहारमै अभ्यास गरिरहेका छौं ।’

सुदूरपश्चिममा बीएचएमका लागि आफ्नै छुट्टै आधुनिक सम्पूर्ण स्रोत साधानयुक्त ल्याब, किचेन, बेकरी, बार, रेस्टुरेन्ट, हाउस किपिङ भएको एकमात्रै शैक्षिक संस्था एसपीए हो । बीएचएमलाई लक्षित गरि कलेजले आफ्नो छिट्टै ब्रेडबक्स–द बेकरी क्याफे समेत सञ्चालनमा ल्याएको छ । जहाँ विद्यार्थीहरु सिकेका कुराहरु ब्यवहारमा उतार्नुका साथै रोजगारी समेत गर्ने गर्छन । क्याम्पस प्रमुख योगराज उपाध्यायले गुणस्तरीय शिक्षाका लागि एसपीए पर्यायवाची शब्द जस्तै भइसकेको बताए ।

‘हामीले आफ्ना विद्यार्थीलाई अब्बल बनाउँन कुनै कसुर बाँकी राखेका छैनौं । यसरी विश्वविद्यालयमै हाम्रा विद्यार्थी अब्बल ठहरिनु त्यसैको परिणाम हो,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘टपर हुनुभएका दुबै जनासहित उत्तीर्ण हुनुभएका सम्पूर्णलाई हार्दिक बधाई दिन चाहान्छु । आगामी दिनमा उहाँहरुको उज्ज्वल भविष्यको कामना गर्दछु ।’

एसपीएमा बीएचएम अध्ययनरत् विद्यार्थीहरु विदेशका फाइभस्टार होटलहरुमा पेड इन्टर्नसिपमा समेत धमाधम छनौट भइरहेका छन् । अघिल्लोहप्ता मात्रै एसपीएकी सिर्जना खड्का अमेरिकाको होटल हायातमा मासिक दुई लाख बढी पारिश्रमिक पाउने गरि इन्टर्नसिपमा गई सकेकी छिन् । यस्तै बीएचएमका विद्यार्थीहरु बहराईन, कतार, मलेसिया, दुबई, माल्दिभ्स, भारत तथा नेपालकै विभिन्न फाइभस्टार होटेलहरुमा कार्यरत छन् ।