नन्दिनाज एकेडेमीद्धारा बिज्ञान प्रदर्शनी आयोजना

धनगढी, ३ चैत ।
नन्दिनाज एकेडेमी धनगढीले शनिवार बिज्ञान प्रदर्शनी २०७९ आयोजना गरेको छ ।
एकेडेमीका कार्यकारी निर्देशक महेश बिष्टले बिज्ञान प्रदर्शनीको उद्घाटन गर्दै विद्यार्थीहरु भित्र अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले बिज्ञान प्रदर्शनी आयोजना गरिएको बताए ।
प्रदर्शनीमा नन्दिनाज एकेडेमीका बिभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले बिभिन्न किसिमका रकेट, धनगढी स्मार्ट सिटीको नमूना, सेन्सर सेक्युरिटी, रिमोट कन्ट्रोल कार, सेन्सर डष्टबिन, वाटर पम्प, जल वायु परिवर्तनले पारिरहेका असर, पृथ्वीको ईकोसिष्टम,हाईड्रोलोजिक उपकरणहरु, सेन्सर लाईट लगायतका बिषयमा प्रदर्शनी गरेका थिए । उनीहरुले आफूले प्रदर्शनीमा राखेका विषयका बारेमा अवलोकनकर्ताहरुलाई व्याख्या समेत गरेका थिए ।
अभिभावक, सञ्चारकर्मी, बिभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरुले बिज्ञान प्रदर्शनीको अवलोकन गरेका थिए ।
तपाईको प्रतिक्रिया