Close This

बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ

शनिबार चैत ४, २०७९/ Saturday 03-18-23
Paschim Today

अछाम, ४ चैत । किशोरीलाई बलात्कार गरेको आरोपमा अछाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । साँफेबगरमा रहेको एक होटलमा बाजुराकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ३० वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले बताए । केही दिन अगाडिमात्रै दुई दिदीबहिनीलाई बलात्कारको प्रयास गरेको आरोपमा दुइै जना अटो चालक प्रकाउ परेका थिए । उनीहरुविरुद्ध म्याद थप गरिएको छ ।