Close This

दून एकेडेमीको १३ औँ वार्षिक उत्सव सम्पन्न

शनिबार चैत ४, २०७९/ Saturday 03-18-23
Paschim Today

धनगढी,४ चैत । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ भन्सार रोडमा रहेको दून एकेडेमीले आफ्नो १३ औँ वार्षिक उत्सव मनाएको छ । शनिवार एक कार्यक्रमकाबीच एकेडेमीले १३ औँ वार्षिक उत्सव मनाएको हो ।

No description available.

एकेडेमीका प्रधानाध्यापक राम प्रसाद उपाध्यायको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथिमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कैलालीका अध्यक्ष टोपेन्द्र शाह रहेका थिए । कार्यक्रममा बोल्दै प्याब्सन कैलालीका अध्यक्ष शाहले धनगढी नगर क्षेत्रभित्र यस एकेडेमीले उत्कृष्ट शिक्षा प्रदान गरिरहेको भन्दै विद्यालयलाई शुभकामनाका साथै धन्यावाद व्यक्त गरे । उनले विद्यालयले शिक्षालाई मात्रै नभई अतिरिक्त क्रियाकलापमा जोड दिएको बताए ।

No description available.

उनले दून एकेडेमीका पूर्व विद्यार्थीहरू अहिले देशका विभिन्न क्षेत्रमा आबद्ध रहेको बताए । विद्याथीहरुलाई विद्यालयको भरमा मात्रै नपारी अभिभावकहरूले पनि विशेष ख्याल गर्नुपर्ने अनुरोध गरे । स साना विद्यार्थी काँचो माटो जस्तै भएकाले उनीहरूलाई समयमै उत्कृष्ट शिक्षा दिन सकिएन भने उसले अगाडि बढ्न थुप्रै समस्या झेल्न सक्ने भएकाले अहिलेदेखि नै स साना विद्यार्थीलाई उत्कृष्ट शिक्षा प्रदान गर्न सबैको दायित्व रहेको बताए ।

No description available.

 

१३ औँ वार्षिक उत्सव कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का पूर्व वडा सदस्य,विभिन्न विद्यालयका प्रतिनिधि,अभिभावक र शिक्षकहरूले मन्तव्य राखेका थिए ।  यस्तै वार्षिक उत्सव कार्यक्रममा विभिन्न विद्यार्थीहरूले आ आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।   

No description available.

No description available.

No description available.

No description available.