Close This

२२ औं तिलोत्तमा गोल्डकप सुरू, रुपन्देहीलाई हराउँदै सुदूरपश्चिमको विजयी सुरूवात

शनिबार चैत ४, २०७९/ Saturday 03-18-23
Paschim Today

बुटवल, ४ चैत्र । २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा रुपन्देही–११ लाई ३–१ ले पराजित गर्दै सुदूरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ।

एन्फा टेक्निकल सेन्टर देवीनगरमा भएको खेलमा सुदूरपश्चिमका फागुराम थारुले ३१ औं र ६८ औं मिनेटमा गोल गरे। त्यसपछि स्वयं भण्डारीले सुदूरपश्चिमाञ्चलका लागि तेस्रो गोल गरेका थिए। खेल अवधिभर कमजोर प्रदर्शन गरेको रुपन्देही–११ का तर्फबाट एकमात्र सान्त्वना गोल खेलको अन्तिम समयमा बिदेशी खेलाडी फोडे फोफोनाले गरे।

शनिबारको खेलमा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ द म्याच घोषित हुदै ११ हजार १११ र एउटा हेल्मेट पुरस्कार पाए। आइतबार हिमालयन शेर्पा र थ्रीस्टार क्लबबीच खेल हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले बताए।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५ लाख ५५ हजार नगद पुरस्कार पाउने छन्।