परिवार र समाजमा सामान्य लाग्ने बिषयमा परिवर्तन ल्याउदै रुपान्तरण कक्षा

११ चैत्र, मसुरिया । कैलारी गाउँपालिका वडा नं ८ का बालबालिकाहरुले उमेरसँगै शारीरिक तथा मानसिक रुपमा आफुमा आउने समस्या र परिवर्तनको बारेमा घर परिवारमा खुलेर बताउदा परिवारबाट सहयोग र समाजमा सम्मान मिल्ने गरेको बताएका छन् ।
आफुलाई समस्या पर्दा विद्यालयमा साथीलाई सुनाउने गरेका आयुष चौधरी रुपान्तरण कक्षामा सहभागी भएपछि आफ्नो परिवारका सदस्यहरुलाई आफुले भोग्नुपरेको समस्या र आवश्यकता त घरमा बताउनु पर्दछ भन्ने बुझे । १६ बर्षको उमेरका उनले साप्ताहिक रुपमा संचालन हुने रुपान्तरण कक्षामा सहभागी भएपछिको अनुभव यसरी भने " मैले विगतका दिनमा विभिन्न बहानामा आमासँग जिद्दी गरेर मनलाग्दी खर्च माग्ने गर्थे अहिले अतिआवश्यक कामको यथार्थ जानकारी दिएर खर्च माग्ने गरेको छु खर्च भएर बचेको पैसा खुत्रुकेमा राख्न थालेको छु । यसो गर्नाले मलाई बाबा मम्मीले विश्वास गर्नुहुन्छ " चौधरी बताउछन् ।
आफ्नो उमेर समुहका साथीलाई साथी शिक्षकको भुमिका निर्वाह गरेका निर्प बहादुर चौधरीले " रुपान्तरण कक्षाको सिकाईले सामाजिक कार्यको अगुवाइ गर्न पाए वडाबाट विनियोजन गरेको दुई लाख रुपैयाँको योजनामा सचिवको जिम्मेवारी निर्वाह गर्दाको समय शब्दमा व्यक्त गर्न नसक्ने खुसी मिल्ने अनुभव समाले सबैसँग खुलेर कुरा राख्दा पाउने जिम्मेवारीले घर परिवारको साथ सहयोग र सामाजिक सम्मान मिल्दो रहेछ । " कैलालीको कैलारी गाउँपालिका वडा नं ८ की केवलपती चौधरी ५ जना छोरीको आमा हुन छन् ।
आफुले भोगेको बिगत सम्झिदै " अहिले कान्छि छोरी अनुपाले खुलेर बताउदा लाज लाग्ने बिषय किन सोधेको यस्तो त सबैले भोग्नु पर्छ भन्ने सामान्य विषय लाग्थ्यो तर रुपान्तरण कक्षाको बारेमा जानकारी पाएपछि छोरीको नजिकको साथी त आफैं रहेछु भन्ने बोध भयो अहिले छोरीलाई पर्ने समस्या महत्वका साथ समाधानको उपाय खोज्ने गरेको छु । " घर परिवार र समाजमा देख्दा सामान्य लाग्ने वा केटाकेटीलाई किन भन्ने पछि गएर थाहा पाउछन् " भन्ने मान्यतालाई वर्ल्डभिजन इन्टरनेशनल नेपाल र बाल कल्याण संघ टिकापुरको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा सामुदायिक सहभागिता परियोजना अन्तरगतको रुपान्तरण कक्षाले परिवर्तन गरेको हो ।
रूपान्तरण कक्षामा सहभागीहरुले आफ्नो अनुभब समस्याको आदानप्रदान गरि समस्याको दिर्घकालिन समाधान रोज्न, आत्म जागरणसंगै लैङ्गिकता, घरेलु हिंसा, बालविवाह र सामाजिक व्यवहारिक कुराहरू बालबालिकाहरूले सिकेका छन् । रूपान्तरण कक्षामा बाल अधिकार, बाल विवाह, बालश्रम, यौन हिंसा, घरेलु हिंसा, व्यावसायिक तालिम, यौन तथा प्रजनन स्वास्थ्य र नागरिक सहभागिता जस्ता व्यवहारिक कुराहरू सिकेको ईश्वरी चौधरी बताउछिन् । रुपान्तरण कक्षाको सिकाईबाट बालबालिकाहरुमा आएको परिवर्तनले वडा नं. ८ को कार्यालयबाट बालबालिका लक्षित दुई वटा छलफल संचालन गरिएको वडा अध्यक्ष तारामल कठरियाले जानकारी दिए ।
बालक उमेरमा हामीले हाम्रा रहर पुरा गर्न सकेनै त्यतिबेला यस्तो परिवर्तनको कल्पना पनि थिएन अहिले समयको माग अनुसार सक्षम र योग्य नागरिक बनाउन बालबालिकाको क्षमता वृद्धि गर्न रुपान्तरण कक्षा वरदान साबित हुने विश्वास लिएको छु । " वडा अध्यक्ष कठरियाले बताए । रुपान्तरण कक्षामा १३ देखि १८ बर्ष उमेर समुहका २५ जना बालबालिकाहरु सहभागी रहेका छन् ।
तपाईको प्रतिक्रिया