उपनिर्वाचनका लागि रास्वपाका उम्मेदवार सार्वजनिक

शनिबार चैत १८, २०७९/ Saturday 04-01-23
Paschim Today

काठमाडौँ,१८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनका लागि उम्मेदवारको घोषणा गरिएको हो ।

यसअनुसार रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई चितवन २, स्वर्णिम वाग्लेलाई तनहुँ १ र रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाउने भएको छ ।