कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

शनिबार चैत १८, २०७९/ Saturday 04-01-23
Paschim Today

कञ्चनपुर ,१८ चैत । कञ्चनपुरबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले शुक्लाफाँटा नगरपालिका-१० बस्ने १८ प्रबिन भन्ने ओम प्रकास ओली र वडा नम्बर ११ बस्ने १७ वर्षीय राजु बोहोरालाई शंकाका आधारमा जाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ० दशमलव ५४० ग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।