Close This

माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला

आइतबार बैशाख ३१, २०८०/ Sunday 05-14-23
Paschim Today

काठमाडौं, ३१ वैशाख । माध्यामिक अध्यापन अनुमति पत्र ९लाइसेन्स० का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ । अनलाइन फाराम  https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।