Close This

जापानमा बस दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु

बुधबार जेठ ३, २०८०/ Wednesday 05-17-23
Paschim Today

काठमाडौं, ३ जेठ ।  जापानमा मंगलबार साँझ भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको हो ।

थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो ।

पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो। बसमा चालक दलका सदस्य सहित ४० जना थिए। जसमा दुई नेपालीसहित तीन जनाले ज्यान गुमाएका छन् ।