Close This

श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त दुई महिनापछि पक्राउ

बिहीबार जेठ ४, २०८०/ Thursday 05-18-23
Paschim Today

काठमाडौं, ४ जेठ । श्रीमतीको हत्या गरी फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। रोल्पा सुनछहरी गाउँपालिका -६ फगामका ३९ वर्षीय गर्भे विक पक्राउ परेका हुन्  । विकले गत फागुन २० गते श्रीमती २६ वर्षीया केशु विकको हत्या गरी फरार थिए।

श्रीमतीको हत्या गरी शव कपिलवस्तु शिवराज नगरपालिका वडा ५ चन्द्रौटास्थित प्रयोगमा नआएको बस गाडीको रिफ्रेस सेन्टर भवनको सेप्टी ट्यांकीमा फ्याँकी फरार रहेका विक दुई महिनापछि पक्राउ परेका हुन्।विकलाई काठमाडौंको सतुंगलबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। विकलाई थप आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको छ।