Close This

नेपाल अमेरिका पत्रकार संघको अध्यक्षमा सुरज भण्डारी निर्बाचित

सोमबार जेठ ८, २०८०/ Monday 05-22-23
Paschim Today

ह्युष्टन,टेक्सास, २१ मे ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा सुरज भण्डारी निर्बाचित भएका छन् ।

अमेरिकाको टेक्सास राज्यको ह्युष्टन शहरमा आज सम्पन्न ८ औं अधिबेशन तथा १६ औं साधारण सभाबाट भण्डारी अध्यक्षमा निर्बाचित भएका हुन् । अध्यक्षका लागि भएको निर्बाचनमा भण्डारीले ५४ मत पाए । उनका प्रतिस्पर्धी मधुकर अधिकारीले १९ मत पाए ।

उपाध्यक्षमा सुजन पण्डित, महासचिवमा बाबुराम दाहाल, सचिवमा प्रतिमा बाँस्कोटा, कोषाध्यक्षमा जानु पंगेनी, उत्तर क्षेत्रीय संयोजकमा सुपेन्द्र बस्नेत, पश्चिम क्षेत्रीय संयोजकमा रोशन अधिकारी, मध्य क्षेत्रीय संयोजकमा शंकर थापा निर्बाचित भएका छन् ।

त्यसैगरी सदस्यमा केशव रेग्मी, झरना अधिकारी, ईश्वरी न्यौपाने र हेमराज बराल निर्बाचित भएका छन् ।